फागुन २१ को निर्वाचनमा भाग लिन १२० दलको निवेदन

फागुन २१ को निर्वाचनमा भाग लिन १२० दलको निवेदन

काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको लागि १२० राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ को निर्वाचनमा भाग लिनका लागि यही मंसिर १ गतेदेखि १४ गतेसम्म ती दलले दर्ताको निवेदन पेश गरेका हुन् ।

आयोगमा दर्ता भएका १४३ वटा दलमध्ये २३ वटाले मात्र निर्वाचन प्रयोजनको लागि निवेदन दिएनन् । जेनजी आन्दोलनपछि २५ वटा नयाँ दल दर्ता भएकोमा २० वटाले निर्वाचनमा भाग लिने भन्दै निवेदन दिएका छन् ।

निर्वाचनमा भाग लिन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी), धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति लगायतका नयाँ दलले पनि निवेदन दिएका छन् । कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एकल चिन्हमा निर्वाचनमा भाग लिने गरी आयोगमा निवेदन दिएको छ ।

निर्वाचनमा भाग लिन निवेदन दिने दलहरु :

१. देश विकास पार्टी
२. प्रगतिशील लोकतान्त्रिक पार्टी
३. देश भक्त समाज
४. नेपाल लोकतान्त्रिक पार्टी
५. नेपाल मजदुर किसान पार्टी (नेमकिपा)
६. राष्ट्रिय स्वतन्त्र पार्टी
७. आम जनता पार्टी
८. मंगोल नेशनल अर्गनाईजेशन
९. बहुजन शक्ति पार्टी
१०. नेपाल सद्भावना पार्टी
११. नेपाली कम्युनिष्ट पार्टी (नेकपा)
१२. नेपाल मानवतावादी पार्टी
१३. नेपाल जनता संरक्षण पार्टी
१४. नेपाल कम्युनिष्ट पार्टी (माले)
१५. जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)
१६. नेपाल जनता पार्टी
१७. राष्ट्रिय समता पार्टी नेपाल
१८. संयुक्त नागरिक पार्टी
१९. नेपाल जनमुक्ति पार्टी
२०. नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
२१. राष्ट्रिय यथार्थवादी पार्टी नेपाल
२२. नेपाल परिवार दल
२३. राष्ट्रिय जनता पार्टी नेपाल
२४. राष्ट्रिय जनमोर्चा
२५. समावेशी समाजवादी पार्टी नेपाल
२६. जनप्रजातान्त्रिक पार्टी नेपाल
२७. विकासशील जनता पार्टी
२८. राष्ट्रिय नागरिक पार्टी
२९. जनता समाजवादी पार्टी (जसपा)
३०. राष्ट्रिय परिवर्तन पार्टी
३१. नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
३२. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
३३. राष्ट्रिय एकता दल
३४. संघीय नेपाल पार्टी
३५. जनमत पार्टी
३६. गतिशील लोकतान्त्रिक पार्टी
३७. नेपाली जनश्रमदान संस्कृति पार्टी
३८. नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा नेपाल)
३९. राष्ट्रिय साझा पार्टी
४०. परिवर्तन पार्टी
४१. नेपाल समावेशी पार्टी
४२. नेपाली कांग्रेस
४३. खम्बुवान राष्ट्रिय मोर्चा
४४. नेपालका लागि नेपाली पार्टी
४५. सचेत नेपाली पार्टी
४६. जनप्रिय लोकतान्त्रिक पार्टी
४७. राष्ट्रिय विकास पार्टी
४८. नेशनल रिपब्लिक नेपाल
४९. युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी
५०. जय मातृभूमि पार्टी
५१. नेपाल नौलो जनवादी पार्टी
५२. श्रम संस्कृति पार्टी
५३. लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
५४. स्वाभिमान पार्टी
५५. जन प्रजातान्त्रिक पार्टी
५६. जनता प्रगतिशील पार्टी नेपाल
५७. नागरिक शक्ति नेपाल
५८. नागरिक उन्मुक्ति पार्टी (नाउपा)
५९. मितेरी पार्टी नेपाल
६०. प्रगतिशील समाजवादी पार्टी
६१. नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
६२. तराई–मधेश लोकतान्त्रिक पार्टी
६३. राष्ट्रिय समुन्नति पार्टी
६४. जनादेश पार्टी नेपाल
६५. राष्ट्रिय प्रजातन्त्र पार्टी
६६. नेकपा (एमाले)
६७. सर्वोदय नागरिक पार्टी
६८. राष्ट्रवादी केन्द्र नेपाल
६९. राष्ट्रिय जनमुक्ति पार्टी
७०. राष्ट्रिय उर्जाशील पार्टी नेपाल
७१. उज्यालो नेपाल पार्टी
७२. नेपाली जनता दल
७३. नागरिक सर्वोच्चता पार्टी नेपाल
७४. आमूल परिवर्तन रिपब्लिकन पार्टी
७५. जनजागरण पार्टी नेपाल
७६. त्रिमुल नेपाल
७७. राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)
७८. ऐतिहासिक जनता पार्टी
७९. राष्ट्रिय कम्युनिष्ट पार्टी
८०. प्रजातान्त्रिक पार्टी नेपाल
८१. सामाजिक लोकतान्त्रिक पार्टी
८२. नेपाल कम्युनिष्ट पार्टी
८३. नेपाल नागरिक पार्टी
८४. राष्ट्रिय सद्भावना पार्टी
८५. गान्धिबादी पार्टी नेपाल
८६. राष्ट्रवादी युवा मोर्चा
८७. नेपाल मातृभूमि पार्टी
८८. नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टी (एकल चुनाव चिन्ह)
८९. नागरिक सेवा पार्टी
९०. हाम्रो पार्टी नेपाल र उज्यालो नेपाल पार्टी (एकल निर्वाचन चिन्ह)
९१. राष्ट्रिय गौरव पार्टी (साविक: नेपाल राष्ट्रिय जनएकता पार्टी)
९२. उज्जवल भविष्य पार्टी
९३. नेपाली कांग्रेस (बीपी)
९४. अखण्ड सुदूरपश्चिम पार्टी नेपाल
९५. राष्ट्रिय मुक्त‍ि आन्दोलन नेपाल
९६. समाजवादी पार्टी नेपाल
९७. संघीय विकासवादी पार्टी नेपाल
९८. राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह)
९९. नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)
१००. प्रगतिशील नागरिक पार्टी
१०१. राष्ट्र निर्माण दल नेपाल
१०२. राष्ट्रिय जनमत पार्टी
१०३. लोक दल
१०४. सम्मुन्त नेपाल पार्टी
१०५. राष्ट्रवादी एकता पार्टी
१०६. विवेकशील साझा पार्टी
१०७. नागरिक बचाउ दल नेपाल
१०८. नेपाल जनसेवा पार्टी
१०९. उन्नत लोकतन्त्र पार्टी
११०. देशभक्त लोकतान्त्रिक पार्टी नेपाल
१११. आवाज पार्टी
११२. समावेशी समाजवादी पार्टी
११३. हाम्रो पार्टी नेपाल
११४. नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी), नेकपा कम्युनिष्ट पार्टी (एकल चुनाव चिन्ह)
११५. आम जनता पार्टी, जनादेश पार्टी नेपाल (एकल चुनाव चिन्ह)
११६. सर्वोदय पार्टी
११७. पिपुल फर्स्ट पार्टी
११८. सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टी (एकल चुनाव चिन्ह)
११९. जन अधिकार पार्टी
१२०. जनता लोकतान्त्रिक पार्टी नेपाल

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्