कांग्रेस बैठक बस्दै, पुसमा नियमित महाधिवेशनको कार्ययोजना प्रस्ताव गरिने

कांग्रेस बैठक बस्दै, पुसमा नियमित महाधिवेशनको कार्ययोजना प्रस्ताव गरिने

विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । महाधिवेशनको विषयमा विवाद हुँदा कांग्रेस बैठक पटक–पटक सर्दै आएको छ । सोहीअनुरुप पछिल्लो पटक हिजो बस्ने भनिएको बैठक आज बस्नेगरी सारिएको थियो ।

कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने तय भएको जानकारी दिए ।

यसैबीच नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशन माग गरेको प्रस्ताव फिर्ता भए पुसमा नियमित महाधिवेशन गर्न सहमत हुने बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्