विराटनगर । विभिन्न १५ राजनीतिक दल तथा समूह मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीले आज विराटनगरमा कोशी प्रदेशस्तरीय एकता सन्देश सभा आयोजना गर्दैछ ।
पार्टीका शीर्ष नेताहरु संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो १ बजेबाट विराटनगरको पुरानो गुद्रीस्थित खाली मैदानमा सभा सुरु हुने बताइएको छ ।
सभामा सहभागी हुन झापा, मोरङ, सुनसरी र उदयपुरबाट सहभागीहरु आउने बताइएको छ ।
कात्तिक १९ गते विभिन्न वाम घटकहरूबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। त्यसपछि एकताको सन्देश दिन नेकपा शुक्रबारदेखि प्रदेश दौडाहामा छ।
पहिलो दिन सुदूरपश्चिम प्रदेशको कार्यक्रम धनगढीमा भएको थियो। शनिबार लुम्बिनी प्रदेशको सन्देश सभा दाङको लमहीमा भएको थियो। त्यस्तै आइतबार गण्डकी प्रदेशस्तरीय सन्देश सभा पोखरामा भएको थियो।
मंसिर १६ गते उपत्यका विशेष प्रदेश, १८ गते कर्णाली, २० गते मेधस, २१ गते प्रवास,२२ गते संघीय सम्पर्क समन्वय प्रदेश र २३ गते बागमती प्रदेशमा सन्देश सभा हुनेछ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।