लोड हुँदैछ...

मेनु

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

विराटनगर । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ । हवाइ इन्धनको मूल्य भने बढाएको छ ।

निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढ्दा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४२ घटाइएको छ । नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुने छ । पेट्रोल र ग्यासको मूल्य भने यथावत छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।