जिल्ला प्रहरी प्रमुखहरुलाई डिआइजी घिमिरेको निर्देशन

जिल्ला प्रहरी प्रमुखहरुलाई डिआइजी घिमिरेको निर्देशन

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) बिनोद घिमिरेले कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्वारा निर्देशन दिएका छन् ।

आइतबार जिल्लाहरुको शान्ति सुरक्षाको अवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिँदै घिमिरेले सम्भावित सुरक्षा चुनौतीलाई अध्ययन गरी प्रहरी परिचालन गर्न साथै खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि नियन्त्रणमा गम्भीर हुन भनेका छन् ।

घिमिरेले फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न प्रहरीको सक्रियता बढाई कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउन पनि निर्देशन दिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । समय–समयमा मातहत प्रहरी कार्यालयहरुको अनुगमन निरीक्षण गर्न तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिई उनीहरुको पिरमार्का, समस्याहरुको सुनवाई गर्न समेत निर्देशन दिए ।

यसैगरी अन्य सुरक्षा निकाय, राजनैतिक दल, स्थानिय बासी लागयतका महानुभावहरुसंग समन्वय र सहकार्य गरी आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन घिमिरेले निर्देशन दिएका छन् । दुरुस्त अवस्थामा प्रहरी पोशाक प्रयोग गर्न, कार्यालय सुन्दरतामा बिशेष ध्यान दिन र बिभागीय नीति निर्देशनलाई अक्षरस पालना गर्दै आफ्नो पादीय जिम्मेवारी अनुसार त्रुटिरहित काम गर्न उनले भनेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्