लोड हुँदैछ...

मेनु

मोरङमा ओली र पोखरेल पक्षका बराबरी प्रतिनिधि चयन

मोरङमा ओली र पोखरेल पक्षका बराबरी प्रतिनिधि चयन

विराटनगर । नेकपा (एमाले) आसन्न को ११औँ महाधिवेशनका लागि मोरङ जिल्लाबाट ४६ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ३ र दलिततर्फको प्रतिनिधि चयन गर्न भएको निर्वाचनको मतगणना सकिएसँगै ४६ प्रतिनिधि चयन भएका हुन् ।

हालसम्म सार्वजनिक परिणाम अनुसार, मोरङमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता र्इश्वर पोखरेल पक्षको आधा–आधा प्रतिनिधि निर्वाचित भएको देखिएको छ । एमालेको गत जिल्ला अधिवेशनमा अध्यक्ष ओली पक्षधरको शर्मानक पराजय भएको मोरङमा महाधिवेशन प्रतिनिधि चयनमा भने ओली पक्षले सफलता हात पारेको देखिएको छ ।

मोरङमा पोखरेल पक्षको नेतृत्व विनोद ढकाललले गरेका थिए भने ओली पक्षको नेतृत्व केन्द्रीय सदस्य जीवन घिमिरे तथा प्रदेश अध्यक्ष घनश्याम खतिवडाले गरेका थिए । दुबै पक्षले आफ्नो बहुमत प्रतिनिधि निर्वाचित भएकोक दावी गरेको छ । तर, कतिपय प्रतिनिधि दुबै पक्षको समर्थनमा निर्वाचित भएको देखिएको छ ।

क्षेत्र नं. १ बाट डिल्लीराम शर्मा अधिकारी, गंगाप्रसाद खरेल, उमाकान्त गौतम, बुद्धिमान लिम्बू, उर्गेन तामाङ, शान्तिकुमारी लिम्बू, मेनु पाण्डे र सरला राई निर्वाचित भएका छन् । त्यसमध्ये पाण्डे पोखरेल पक्षधर हुन् भने अन्य सबै ओली पक्षका हुन् । यद्यपी पाण्डेलाई ओली पक्षले पनि समर्थन गरेको बताइएको छ ।

क्षेत्र नं. २ बाट ऋषिकेश पोखरेल, लिलाबल्लभ अधिकारी, श्याम राजवंशी, सुशील बुढाथोकी, करण ठाकुर, रामजना अधिकारी र गितादेवि बानियाँ कार्की निर्वाचित भएका छन् । उनीहरुमध्ये अधिकारी, कार्की र अधिकारी पोखरेल पक्षका हुन् । यद्यपी अधिकारीले दुबै पक्षले आफ्नो भएको दावी गरेको छ ।

क्षेत्र नम्बर ३ बाट इरन राई, भोलाप्रसाद अधिकारी, ज्ञानेन्द्र सुवेदी, भुपाल श्रेष्ठ, राजकुमार ओझा, धनमाया तामाङ, यमुना बिष्ट, सीता तामाङ र निरजकुमार ढकाल प्रतिनिधि निर्वाचित भएका छन् । सो क्षेत्रबाट निर्वाचित भएकामध्ये राई, अधिकारी, सुवेदी, श्रेष्ठ र ढकाल पोखरेल पक्षका हुन् । ओझा, तामाङद्वय र विष्ट ओली पक्षका हुन् ।

क्षेत्र नं. ४ बाट नरेन्द्र बस्नेत, मुकेश बुढाथोकी, विमला घिमिरे र राम पोखरेल र महेश भट्टराई निर्वाचित भएका छन् । यो क्षेत्रका भट्टराईबाहेक ओली पक्षका भएको दावी गरिएको छ । यद्यपी गुणावती धामी पोखरेल पक्षको भएको र दुबै पक्षको समर्थनमा निर्वाचित भएको दावी गरिएको छ ।

क्षेत्र नम्बर ५ बाट दिलिप बगडिया, शान्त डङ्गोल, ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, उषा झा र मो। अमित आजाद निर्वाचित भएकोमा जसमा बगडिया र डंगोल ओली पक्षका हुन् भने बाँकी चार जना पोखरेल पक्षका हुन् । उनीहरुमध्ये पनि बगडियाले आफूलाई कुनै गुटमा नरहेको बताउने गरेका छन् ।

क्षेत्र नं. ६ बाटा भने ७ जना सबै प्रतिनिधि पोखरेल समूहका निर्वाचति भएका छन् । विनोदप्रसाद ढकाल, रमेशप्रसाद पोखरेल, पितकुमार श्रेष्ठ, सत्यनारायण चौधरी, सरस्वती भण्डारी, सरस्वती खरेल र सन्तोष घिमिरे सबै पोखरेले समूहका हुन् ।

दलित क्षेत्रबाट निर्वाचित तीन जनामध्ये २ जना ओली पक्षका र एक जना पोखरेल पक्षका निर्वाचित भएका छन् । दलितबाट किशोर विश्वकर्मा, खेम नेपाली र रिंकु परियार निर्वाचित भएकोमा नेपाली पोखरेल पक्षका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds