अरुण तेस्रोमा कामदारबीचको विवादमा छुरा प्रहारबाट एक घाइते

अरुण तेस्रोमा कामदारबीचको विवादमा छुरा प्रहारबाट एक घाइते

संखुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका– ३ स्थित निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको साइटमा दुई जना कामदारबीच भएको विवादमा छुरा प्रहार हुँदा एक जना घाइते भएका छन् ।

पटेल कम्पनीमार्फत निमा निर्माण सेवामा कार्यरत दुई कामदारबीच सामान्य भनाभन झगडामा बदलिँदा एक जना घाइते भएका हुन् ।

घटनामा खाँदवारि नगरपालिका– ६, खानिडाँडाका ३७ वर्षीय देवबहादुर तामाङमाथि छुरा प्रहार भएको हो । भोजपुर साल्पा सिलिछो गाउँपालिका–०४, खाटाम्माका २४ वर्षीय विनोदकुमार राईले उनीमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

घाइते तामाङको दाहिने कान र टाउकोमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र परियोजना परिसरकै मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल खाँदवारि पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्