लोड हुँदैछ...

मेनु

एमाले महाधिवेशन प्रतिनिधिमा बहुसंख्यक ओली पक्षका

एमाले महाधिवेशन प्रतिनिधिमा बहुसंख्यक ओली पक्षका

विराटनगर । नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनको लागि प्रतिनिधि छनौट गर्न शनिबार भएको निर्वाचनमा प्रष्ट गुटबन्दी देखिएको छ ।

अध्यक्ष केपी शर्मा ओली निकट र अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकटले प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । एमालेको महाधिवेशन प्रतिनिधि प्रतिनिधिसभाको निर्वाचन क्षेत्रगत रुपमा छानिएका हुन् ।

कोशी प्रदेशका सर्वसम्मत भएका जिल्लाहरु ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, खोटाङ र सोलुखुम्बुबाहेक अन्यमा गुटगत प्रतिस्पर्धा देखिएको छ । कतिपय क्षेत्रमा अध्यक्ष केपी ओली गुटकै दुर्ई समूहबीच प्रतिस्पर्धा भएको छ ।

धनकुटामा विवाद हुँदा मतपत्र च्यातिएको थियो भने ओखलढुंगामा खसेको भन्दा धेरै मत देखाइएको भन्दै विवाद भएको थियो । मोरङमा विवाद हुँदा ओली निकट नेता पर्शुराम बस्नेतमाथि हातपात भएको थियो ।

निर्वाचन भएका क्षेत्रहरुमा बहुसंख्यक प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली निकट निर्वाचित भएको देखिएको छ । पोखरेल पक्षले पनि आफ्नो पक्षका प्रतिनिधिहरु अपेक्षा अनुसार नै निर्वाचित भएको दावी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा ओली पक्षको वर्चश्व रहेको छ । पार्टीको गत जिल्ला अधिवेशनमा ओली पक्ष कमजोर बनेको मोरङमा पनि महाधिवेशन प्रतिनिधिको चयनमा ओली पक्ष नै हाबी भएको छ ।

मोरङको क्षेत्र नम्बर ६ मा पोखरेल पक्षका सबै प्रतिििनध निर्वाचित हुँदा क्षेत्र नं. १ मा सबै ओली पक्षका निर्वाचित भएका छन् । अहिलेसम्म सार्वजनिक भएको परिणाममा ओली पक्षका १९ र पोखरल पक्षका १४ जना निर्वाचित भएको एमालेका नेताहरुले बताएका छन् । मोरङ ३ र दलित क्षेत्रको मतगणना जारी छ ।

क्षेत्र नं. १ बाट निर्वाचित डिल्लीराम शर्मा अधिकारी, गंगाप्रसाद खरेल, उमाकान्त गौतम, बुद्धिमान लिम्वु, उर्गेन तामाङ, शान्तिकुमारी लिम्वु, मेनु पाण्डे र सरला राई सबै ओली पक्षको भएको बताइएको छ । त्यसैगरि क्षेत्र नं. २ बाट ऋषिकेश पोखरेल, श्याम राजवंशी, सुशील बुढाथोकी, करण ठाकुर, रामजना अधिकारी (निर्विरोध) ओली पक्षका निर्वाचित भएका छन् । सो क्षेत्रका पोखरेल पक्षका लिलाबल्लभ अधिकारी र गितादेवि बानियाँ कार्की निर्वाचित भएका छन् ।

क्षेत्र नं. ४ बाट ओली पक्षकै नरेन्द्र बस्नेत, मुकेश बुढाथोकी, विमला घिमिरे, र राम पोखरेल निर्वाचित भएका छन् । पोखरेल पक्षका महेश भट्टराई निर्वाचित हुँदा गुणावती धामीलाई दुबै पक्षले आफ्नो दावी गरेका छन् ।

क्षेत्र नंं. ५ बाट ओली पक्षका दिलिप बगडिया र शान्त डंगोल तथा पोखरेल पक्षका ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, उषा झा र मो. अमित आजात निर्वाचित भएका छन् । सो क्षेत्रमा सर्वसम्मत निर्वाचन भएको थियो । ओली पक्षका बगडियालाई पोखरेल पक्षले पनि आफ्नो भएको दावी गरेको छ ।

क्षेत्र नं. ६ मा सबै उम्मेदवारहरु पोखरेल पक्षका निर्वाचित भएका छन् । सो क्षेत्रबाट विनोदप्रसाद ढकाल, रमेशप्रसाद पोखरेल, पितकुमार श्रेष्ठ, सत्यनारायण चौधरी, सरस्वती भण्डारी, सरस्वती खरेल र सन्तोष घिमिरे निर्वाचित भएका हुन् । ढकाल कोशी प्रदेशमै पोखरेल पक्षको अगुवाई गर्ने नेता हुन् ।

मोरङबाट ४६ महाधिवेशन प्रतिनिधिमध्ये ३५ जना निर्वाचित भईसकेका छन् । क्षेत्र नं. ३ र दलित क्षेत्रका १२ जना निर्वाचित हुन बाँकी रहेको छ ।

उता झापा निर्वाचन क्षेत्र नम्बर १ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि ओली पक्षका निर्वाचित भएका छन् । निर्वाचित भएकाहरूमा खुलातर्फ राजु पोखरेल, असारू राजबंशी र लक्ष्मी राई छन् । महिलातर्फ रमा भण्डारी र जानुका ओली निर्वाचित हुँदा युवातर्फ दीपक बराल निर्वाचित भएका छन्।

झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट दुई महिलासहित ७ जना निर्वाचित भएका छन्। निर्वाचित भएकाहरूमा खुलातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी साँवा र हिमबहादुर कार्की छन्। महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल निर्वाचित बन्दा युवातर्फ रोशन सुबेदी छन् ।

झापा क्षेत्र नं ३ बाट खुलातर्फ छविलाल चुडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ , महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल निर्वाचित भएका छन्। युवातर्फ अग्निप्रसाद सापकोटा निर्वाचित भए। उनीहरु सबै ओली पक्षका हुन् ।

झापा क्षेत्र नम्बर ५ मा खुल्लातर्फ अम्बिकप्रसाद खनाल, शिव ढुगेल, होमबहादुर थापा, तुलसी कार्की निर्वाचित भएका छन्। महिलातर्फ अम्बिका देवी अधिकारी, नर्वदा उप्रेती गौतम, लिला ढुंगेल दाहाल निर्वाचित भएका छन्। युवातर्फ युवराज पौडयाल विवश निर्वाचित भएका छन्। केपी ओलीको निर्वाचन क्षेत्र बाट केहि प्रतिनिधि पोखरेल पक्षका निर्वाचित भएको बताइएको छ ।

झापामा २ दलितसहित ३८ जना प्रतिनिधि निर्वाचितन हुनेछन् । दलिततर्फ सर्वसम्मत भएपछि ३६ जनाको लागि निर्वाचन भएकोको क्षेत्र नं. २ को मतगणना विवादको कारण रोकिएको छ ।

सुनसरीमा भने अहिलेसम्म सार्वजनिक भएको परिणाममा पोखरेल समूह हाबी देखिएको छ । सुनसरी क्षेत्र नं. ३ को प्रतिनिधि छनौटमा एक जना बाहेक सबै पोखरेल समूहका निर्वाचित भएका छन् ।

सो क्षेत्रमा अध्यक्ष केपी शर्मा ओली समूहका जिल्ला उप–सचिव यामकुमार सुब्बासमेत पराजित भएका छन् । पोखरेल पक्षमा रहेका पूर्व प्रदेश सांसद लिलम बस्नेतसहित केशव रिमाल र फरिदा राई र विष्णु शर्मा नेपाल निर्वाचित भएका छन् । ओली पक्षबाट इटहरी १३ का पूर्ववडाध्यक्ष शिवनारायण चौधरी मात्रै विजयी भएका छन् ।

सुनसरी क्षेत्र नं. १ मा पनि अधिकांश पोखरेल पक्षका निर्वाचित भएका छन् । खुल्लातर्फ आसाराम चौधरी, जयकुमार राई र मुरारी सुवेदी निवार्चित भएकोमा सुवेदी मात्र ओली पक्षका हुन् । यस्तै, यसैगरि, महिलातर्फ निर्वाचित सीता भण्डारी पौडेल र सुशिला पहाडी ढकाल तथा युवातर्फ निर्वाचित दिवस वान्तवा राई पोखरेल पक्षका हुन् ।

नेता पोखरेलको गृहजिल्ला ओखलढुंगामा भने सबै प्रतिनिधि उनकै पक्षका निर्वाचित भएका छन् । ओखलढुङ्गाबाट १२ जना प्रतिनिधि चयन भएकोमा सबै पोखरेल पक्षधर हुन् ।

खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत विजयी भएका छन् । त्यस्तै, महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ निर्वाचित भएका छन् । युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

जिल्लामा करिब ७ हजार संगठित सदस्य भए पनि १ हजार ५१८ ले मात्रै मतदान गरेका थिए ।

सर्वसम्मत रुपमा निर्र्वाचित भएको जिल्लामध्ये इलाम र ताप्लेजुङमा पोखरेल पक्षका ४० प्रतिशत र ओली पक्षका ६० प्रतिशत रहेको बताइएको छ । बाँकी अन्य जिल्लाहरु भोजपुर, सोलुखुम्बु, पाँचथर र तेह्रथुममा अधिकांश ओली पक्षका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds