लोड हुँदैछ...

मेनु

एमाले महाधिवेशन प्रतिनिधिको निर्वाचन : सुनसरी ३ मा पोखरेल समूह हाबी

एमाले महाधिवेशन प्रतिनिधिको निर्वाचन : सुनसरी ३ मा पोखरेल समूह हाबी

इटहरी । नेकपा एमालेको मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने ११औँ महाधिवेशनका लागि सुनसरी क्षेत्र नं. ३ को प्रतिनिधि छनौटमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्ष हाबी भएका ेछ ।

सो क्षेत्रमा अध्यक्ष केपी शर्मा ओली समूहका जिल्ला उप–सचिव यामकुमार सुब्बासमेत पराजित भएका छन् । उनले ५५१ मत मात्र पाए।

पोखरेल पक्षमा रहेका पूर्व प्रदेश सांसद लिलम बस्नेतसहित केशव रिमाल र फरिदा राई र विष्णु शर्मा नेपाल निर्वाचित भएका छन् । झन्डै २ हजार मतदाता रहेको सुनसरी–३ मा ओली पक्षबाट इटहरी १३ का पूर्ववडाध्यक्ष शिवनारायण चौधरी मात्रै विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds