इलाममा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई युवाको मृत्यु

इलाममा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई युवाको मृत्यु

इलाम । इलाममा शनिबार साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९, भञ्ज्याङ गोलाइमा ट्रक र स्कुटर आपसमा ठोक्किँदा यो दुर्घटना भएको हो ।
झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मृत्यु हुनेमा स्कुटरमा सवार इलाम नगरपालिका–९, गोलबस्ती बस्ने २६ वर्षीय डेबिट थापामगर र माईजोगमाई गाउँपालिका–१, नयाँबजार घर भई हाल इलाम–७ चोकबजार बस्ने १८ वर्षीय छेवाङ शेर्पा रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल इलाममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्