लोड हुँदैछ...

मेनु

नेपाली कम्युनिष्ट पार्टीले आज पोखरामा एकता सभा गर्दै

नेपाली कम्युनिष्ट पार्टीले आज पोखरामा एकता सभा गर्दै

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले आज गण्डकी प्रदेशस्तरीय एकता सभा आयोजना गर्दैछ । कास्कीको पोखरामा एकता सन्देश सभा गर्ने तयारी गरेको उक्त पार्टीले जनाएको हो ।

सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन्।

नेकपाले भोलि कोशी प्रदेशको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेसको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

विभिन्न १५ राजनीतिक दल तथा समूहहरुलाई एकताबद्ध गरेर गठन गरेको नेपाली कम्युनिष्ट पार्टीले यहि मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा गरी स्थानीय तहसम्मै एकताको सन्देश प्रवाह गर्ने योजना बनाएको छ । त्यसपछि भने वडा तहसम्म पार्टी कमिटी एकीकरण गरी चुनावमा केन्द्रित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds