अबैध गाँजाको बोट फडानी गरी नष्ट

अबैध गाँजाको बोट फडानी गरी नष्ट

विराटनगर । जपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

मंसिर १२ गते जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले गाँजा फडानी गरेको हो ।

प्रहरी टोलीले हतुवागडी र आमचोक गाउँपालिकाका बिभिन्न स्थानका करिव ७० रोपनी क्षेत्रफलमा रहेका ७ हजार ४ सय ५० वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ र राजानरीबाट खटिएको प्रहरी टोलीले सहिदभुमी र चौबिसे गाँउपालिकाका डाँडापाखामा पनि गाँजा फडानी अभियान चलाएको छ ।

सो क्षेत्रमा करिव ६–५ रोपनी क्षेत्रफलमा रहेको १ हजार १५० वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरेर नष्ट गरेको प्रहरीको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्