विर्तामोड । झापाको हल्दिबारी गाउँपालिका–२ ढाकन बस्तीमा जंगली हात्ती प्रवेश गरी एक व्यक्तिको घरमा क्षति पुर्याएको छ।
शुक्रबार राति स्थानीय लिलाबहादुर बस्नेतको सेन्ट्रीले घेरिएको सिमेन्टको भुइँतले घरको भान्सा कोठा हात्तीले भत्काएको हो ।
हात्तीले घरभित्र राखिएको करिब २ बोरा चामल, २० किलो चिउरा, १२ किलो आटा र २ पोक्का तेल नष्ट गर्दा करिब ४० हजार रुपैयाँ बराबरको क्षति भएको पनि प्रहरी स्रोतले बताएको छ। घटनापछि प्रहरी चौकी हल्दिबारीबाट खटिएको टोली पुगेको र हात्ती पुनः जंगलतर्फ फर्किएको जनाइएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!