धरानको ‘स्कूल डान्स आइडल २०८२’ को विजेतालाई एक लाख रुपैयाँ पुरस्कार

धरानको ‘स्कूल डान्स आइडल २०८२’ को विजेतालाई एक लाख रुपैयाँ पुरस्कार

धरान । ‘स्कूल डान्स आइडल २०८२’ नृत्य प्रतियोगिताको अन्तिम चरण पुस १४ गते धरानमा हुने भएको छ।

युनाइटेड डान्स एकेडेमी सुनसरीकोक धरानले आयोजना गर्दै आएको प्रतियोगिताको यो नवौं संस्करण हो।

धरानका ४४ विद्यालयका ५ हजार ३३५ विद्यार्थी सहभागी बनेको कार्यक्रम जेठ २६ गतेबाट सुरु भएको थियो। प्रतिस्पर्धाबाट उत्कृष्ट १० जना विद्यार्थी चयन भइसकेका छन्, जसबीच अन्तिम चरणको प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका विजेताले एक लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जानकारी एकेडेमीका अध्यक्ष सन्तोष तामाङले दिए। फाइनल चरणमा प्रतिस्पर्धा गर्ने विद्यार्थीहरूमा सियोन स्कूलकी प्रयुसा राई, युनाइटेड गोर्खाकी दिपशीखा राई, होलिल्यान्ड स्कूलका हिमाल तामाङ, शिक्षा सन्देश स्कूलकी आयुष्मा कटवाल, शिक्षा सन्देशकै नुयङ्मी राई, भिक्टोरी स्कूलकी टीका मगर, पर्वत स्कूलकी युनिशा राई, सिर्जना स्कूलकी सुनैना सेन्चुरी, विष्णु मेमोरियल स्कूलकी इशा राई र युएन स्कूलकी रुबिना लिम्बू रहेका छन् ।

शनिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको थियो। अग्रज पत्रकार तथा मजदुर नेता भिमज्वाला राईले ट्रफी सार्वजनिक गरे। कार्यक्रममा अन्तिम प्रतिस्पर्धी, अभिभावक तथा अघिल्लो वर्षका विजेताहरूले सहभागिता जनाएका थिए।

“कला तपाईंको, मञ्च हाम्रो” नारासहितको डान्स आइडललाई आगामी वर्ष थप परिष्कृत र व्यवस्थित बनाउँदै लैजाने योजनाबारे अध्यक्ष तामाङले जानकारी दिए।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्