लोड हुँदैछ...

मेनु

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको पक्षमा छौंं : साम्पाङ

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको पक्षमा छौंं : साम्पाङ

संखुवासभा । श्रम संस्कृत‍ि पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको पक्षमा रहेको बताएका छन् ।

शनिबार संखुवासभाको खाँदबारीमा आयोजित संगठन विस्तार तथा जागरणसभालाई सम्बोधन गर्दै साम्पाङले प्रत्यक्ष कार्यकारी शासन प्रणालीले मात्र देशमा स्थिरता र सुशासन कायम गर्ने दावी गरे ।

‘सुशासन, पारदर्शिता र मितव्ययितामाथि आधारित सरकार निर्माण गर्ने हाम्रो लक्ष्य हो’ उनले भने, ‘त्यसको लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री पद्दतीमा जानुपर्छ ।
आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने दाबी गर्दै साम्पाङले देशले वर्षौँदेखि भोग्दै आएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र विफलताबाट निराश जनताले अब विकल्प खोज्न थालेको बताए।

श्रम संस्कृत‍ि पार्टी त्यही विकल्पको रूपमा उदाउने साम्पाङको विश्वास छ । उनका अनुसार श्रम संस्कृत‍ि पार्टी आगामी निर्वाचनमा “शतप्रतिशत नम्बर ल्याएर उत्तीर्ण” हुनेछ। भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्दै उनले भ्रष्टाचारी, देशद्रोही र विदेशी दलाललाई स्वीकार नगर्ने बताए ।

उत्पादन, निर्माण, सामाजिक र आर्थिक रूपान्तरणकै एजेण्डा लिएर पार्टी गाउँगाउँमा खटिने बताउँदै साम्पाङले बेरोजगारीको मूल कारण उत्पादनमा वृद्धि नहुनु रहेको औंल्याए। जुन काम आजसम्म भएन, त्यो काम आफूहरुले गर्ने उनको भनाइ छ । ‘कोठामा बसेर भाषणमा सीमित हुँदैनौँ। हरेक गाउँमा पुगेर काम गर्ने संगठन निर्माण गर्छौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds