लोड हुँदैछ...

मेनु

भोजपुरमा सर्वसम्मत छानिए एमालेका महाधिवेशन प्रतिनिधि

भोजपुरमा सर्वसम्मत छानिए एमालेका महाधिवेशन प्रतिनिधि

भोजपुर । नेकपा एमालेले भोजपुरबाट ८ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मतरूपमा चयन गरेको छ ।

जिल्लाबाछ खुल्लातर्फ प्रेमकुमार राई, सुरेन्द्र उदास, शरणकुमार राई र मक्कर खड्का प्रतिनिधि छानिएका छन् । यस्तै, महिलाबाट निर्मला शेर्पा र रमादेवी राईका नाममा सहमति जुटेको छ ।

यस्तै, ४० वर्षमुनिको युवाबाट ज्ञानेन्द्र राई र दलितबाट चित्रलाल विक रहेका छन् । पार्टीभित्र सर्वसहमति कायम गर्न र सहकार्यको सन्देश बलियो बनाउन नेतृत्वले भूमिका खेलेको जिल्ला कमिटी सचिव एक्सन राईले बताए ।

राईले ४० वर्षमुनिकोमा मनोनयन गरेकामा आफूले उम्मेदवारी फिर्ता लिएर प्रक्रियालाई सहज बनाउने प्रयास गरेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds