बलात्कार आरोपी दुई वर्षपछि पक्राउ

बलात्कार आरोपी दुई वर्षपछि पक्राउ

पाँचथर । जबरजस्ती करणी मुद्दामा फरार रहेका पाँचथर फाल्गुनन्द गाउँपालिका–५ का ३० वर्षीय बिशाल चेम्जोङ दुई वर्षपछि पक्राउ परेका छन्।

२०८० साल पुस १ गते भएको घटनामा संलग्न रहि फारर रहेकाक चेम्जोङ बिहीबार पक्राउ परेका हुन् ।

प्रहरीले निरन्तर खोजतलास गरिरहेकोमा पाँचथर जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फिदिम नगरपालिका–१, फिदिम बजार क्षेत्रबाट उनलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका चेम्जोङलाई पाँचथर जिल्ला अदालत फिदिममा पेश गरी ७ दिनको म्यादथप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्