विराटनगर । आजदेखी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले देशैभर प्रदेशमा एकता सन्देश सभा सुरु गर्दै छ । आज धनगढीमा पहिलो सन्देशसभा हुँदै छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालसहितका नेताहरु शुक्रबार धनगढी पुगेका छन् ।
अन्य प्रदेशमा पनि सभा गर्नेगरी यसअघि नै नेकपाले तालिका सार्वजनिक गरिसकेको छ ।
कहिले कहाँ हुँदै छ सभा ?
लुम्बिनी प्रदेश – मंसिर १३ गते, बाँकेको बेउखुरी
गण्डकी प्रदेश – मंसिर १४ गते, पोखरा
कोशी प्रदेश – मंसिर १५ गते, विराटनगर
उपत्यका विशेष प्रदेश – मंसिर १७ गते, काठमाडौं
कर्णाली प्रदेश – मंसिर १८ गते, सुर्खेत
संघीय सम्पर्क समन्वय प्रदेश – मंसिर १९ गते, काठमाडौं
मधेश प्रदेश – मंसिर २० गते, जनकपुर
प्रवासी प्रदेशहरू – मंसिर २१ गते, नेपाली समय अनुसार बेलुकी ६ बजे संयुक्त भर्चुअल कार्यक्रम
बागमती प्रदेश – मंसिर २३ गते, हेटौंडा
उक्त पार्टीकाअनुसार मंसिर २६ गतेसम्म प्रदेश कार्यालयको निर्णयअनुसार सबै जिल्लामा एकता सन्देश सभा हुनेछ। मंसिर २९ गते देशभरका सबै स्थानीय पालिकामा एकैदिन सन्देश सभा आयोजना गरिनेछ।
आजदेखि नेकपाको सन्देश सभा, कहिले –कहाँ ?






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।