आज देशभर मौसम सफा रहने

आज देशभर मौसम सफा रहने

विगराटनगर। मौसम प्रणालीमा खासै कुनै प्रणाली सक्रिय नभएका कारण आज देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च हिमादप् तथा पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम सफा रहने छ ।

आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्