काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो। पोखराको जितमा सुमित वर्माले अलराउन्ड प्रदर्शन गर्दै ५० रन बनाउनुका साथै २ विकेट लिए भने विपिन खत्रीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए।
जनकपुरका लागि वायने पार्नेलले अर्धशतक (५० रन) र सञ्जय कृष्णमूर्तिले २५ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यसअघि टस जितेर ब्याटिङ गरेको पोखराले ६ विकेटको क्षतिमा १५५ रन बनाएको थियो। सुरुवाती दुई खेल हारेको पोखराको यो पहिलो जित हो।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!