इटहरी । इटहरीका बालबालिकाले वर्षौँदेखि प्रतीक्षा गर्दै आएको स्थानीय पाठ्यक्रम अब अन्ततः कक्षाकोठासम्म पुगेको छ। कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि तयार पारिएको ‘इटहरी सेरोफेरो’ पाठ्यपुस्तक औपचारिक रूपमा लागू गरिएको छ।
यो पुस्तक केवल एउटा पाठ्यपुस्तक मात्र होइन—इटहरीका बालबालिकालाई आफ्नै माटो, समाज, संस्कृति र इतिहाससँग जोड्ने एउटा आधार मानिएको छ।२ महिना भित्र कक्षा ६–८ सम्मको पाठ्यक्रम पनि आउछ मेयर पौडेलले भने ।
अघिल्लो सरकारले स्थानीय पाठ्यक्रम निर्माणको काम पूरा गर्न नसकेको अवस्थालाई मोड्दै, इटहरी उपमहानगरपालिकाले नयाँ ऊर्जा र प्रतिबद्धता सहित पाठ्यक्रम विकास कार्य अघि बढाएको हो। मेयर हेमकर्ण पौडेलको पहल र नेतृत्वमा यो महत्वपूर्ण काम सम्पन्न भएको हो।
पुस्तक सार्वजनिक कार्यक्रममा मेयर पौडेलले भावुक हुँदै भने, ‘हाम्रा बालबालिकाले आफ्नै शहरलाई किताबमा पढ्न पाउनु केवल शिक्षा विकास होइन, पहिचान निर्माण पनि हो। ‘इटहरी सेरोफेरो’ले उनीहरूलाई गर्व, ज्ञान र जमीनसँगको सम्बन्ध एकैसाथ दिएको छ।’
स्थानीय इतिहासकार, शिक्षक, लेखक, विषयविज्ञ र समुदायको सुझाव संकलन गरी तयार गरिएको यो पुस्तक अब इटहरीका विद्यालयहरूमा नियमित रूपमा पढाइनेछ।
इटहरी सेरोफेरो’ लागू भएपछि विद्यार्थीहरूले अब पाठ्यपुस्तकका पानामा आफ्नै शहरको कथा भेट्नेछन्, र यही कथाले भविष्यको पहिचान, चरित्र र जिम्मेवारीबोध निर्माण गर्ने भरोसा नगरले व्यक्त गरेको छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!