विराटनगर । कात्तिक १९ गते घोषणा भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा थप चार वटा पार्टीका समाहित भएका छन् ।
बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एक समारोहबीच विभिन्न दलका एकीकरण पक्षधर नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा)ंको संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ नेतृत्वको एकीकरण पक्षधर, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बाट शरद रसाइली नेतृत्वको टिम, वीपी खनाल नेतृत्वको जनजागरण पार्टी नेपाल र गोपाल परियारसहित नेकपाको टिम समाहित भएको हो ।
एकता घोषणा कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायकाजी श्रेष्ठसहितले नयाँ पार्टीका नेताहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा एसिड आक्रमणमा परेर सामाजिक क्षेत्रमा सक्रिय २२ वर्षीया मुस्कान खातुन पनि नेकपामा प्रवेश गरेकी छिन् । यस्तै जनता समाजवादी पार्टीको मधेश प्रदेश अध्यक्ष अशोककुमार यादव पनि नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन् ।
कात्तिक १९ गते १० वटा घटकहरूले एकता गरी नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको थियो । त्यसपछि भीम रावलसहित दुर्इ वटा पार्टी पनि नेकपामै जोडिएका थिए ।
बिहीबार एकतामा जोडिएकासहित नेकपामा एकीकृत हुने घटकको संख्या १६ पुगेको छ ।







प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।