विराटनगर । नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा मोरङबाट ४६ प्रतिनिधि चयनका लागि १४५ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
प्रतिनिधिसभाका ६ र दलित क्षेत्र १ गरी ७ निर्वाचन क्षेत्रमा खुला, महिला, दलित र युवा गरी कुल ४६ प्रतिनिधि छनोट गर्न आज उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गरिएको निर्वाचन समितिले जनाएको छ।
मोरङमा २१ खुला, १५ महिला, ३ दलित र ७ युवा प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी परेको हो । आवश्यक सङ्ख्याभन्दा ३ गुणाभन्दा धेरैको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
क्षेत्रगत उम्मेदवारी विवरण
क्षेत्र नं. १
खुलातर्फ ४ प्रतिनिधिका लागि १३ जना, महिलातर्फ ३ का लागि ८ जना र युवातर्फ १ का लागि ३ जनाले मनोनयन दर्ता गराए।
खुला समूहमा— गंगाप्रसाद बाँस्तोला, गंगा खरेल, सुरेन्द्रकुमार शेर्मा, योगराज लिम्वु, डिल्लीराम शर्मा अधिकारी, उमाकान्त गौतम, डिल्लीप्रसाद खतिवडा, देवीप्रसाद आचार्य, पर्तमान धिमाल, बुद्धिमान लिम्वु, सुमन मिरिङचिङ, भूपेन्द्रकुमार लावती र यज्ञप्रसाद सुवेदी छन्।
महिलातर्फ— कृष्णकुमारी पोखरेल, मेनुका आचार्य, उर्मिला थापा, मेनु पाण्डे, सरला राई, शान्तिकुमारी लिम्वु, हिरा श्रेष्ठ र मिनाकुमारी खतिवडा।
युवातर्फ— नितम चौहान, उर्गेन तामाङ र भीमबहादुर कार्की।
क्षेत्र नं. २
खुलातर्फ ४ प्रतिनिधिका लागि १२ जना, महिलातर्फ २ का लागि ६ जना र युवातर्फ १ का लागि ३ जनाको उम्मेदवारी दर्ता भयो।
खुलातर्फ— ऋषीकेश पोखरेल, अनिलकुमार पोखरेल, विष्णु पोखरेल, शंकर थापा, डिवी कार्की, श्याम राजवंशी, गोपालबहादुर कार्की, सुशील बुढाथोकी, हसन इमाम बक्स, लिलाबल्लभ अधिकारी, जगत काफ्ले (झमक) र राम गुरुङ।
महिलातर्फ— नुरसदी बेगम, मीराकुमारी दास, भूमिका दुलाल, गितादेवी बानियाँ, सरोजकुमारी झा र रामजना अधिकारी।
युवातर्फ— हेमेश्वर राई, बमलाल खवास र करण ठाकुरदे।
क्षेत्र नं. ३
खुलातर्फ ४ प्रतिनिधिका लागि २४, महिलातर्फ ३ का लागि ७ र युवातर्फ २ का लागि ६ जनाले उम्मेदवारी दर्ता गरे।
खुला समूहमा— भगतचन्द्र थपलिया, इरान राई, भोलाप्रसाद अधिकारी, ज्ञानेन्द्र सुवेदी, सन्तोष बान्तवा, वासुदेव थापा (नविन), सुरेन्द्रबहादुर थापा, प्रकाशबहादुर कार्की, बीरेन्द्र श्रेष्ठ, भूपाल श्रेष्ठ, रोशनप्रसाद ढकाल, भोजराज श्रेष्ठ, राजकुमार ओझा, रविन थापा, बाबुराम येङदेन, अम्बरबहादुर गुरुङ, शंकर गुरुङ, मातृकाप्रसाद ढकाल, केदारप्रसाद गुरागाई, दिलिपकुमार राई, चन्द्र नेउपाने, रमेश दाहाल, प्रकाश राई र दिलप्रसाद राई।
महिलातर्फ— यसोदा लिम्वु, धनमाया तामाङ, यमुना विष्ट, सीता तामाङ, दुर्गा सुवेदी दंगाल, रत्नदेवी गुरुङ (मधु) र अञ्जु सिग्देल।
युवातर्फ— नविन पौडेल, विजय डाँगी, भविन पाण्डे, निरजकुमार ढकाल, हिमालय थापा (पर्वत) र ई. प्रदीप नेपाल।
क्षेत्र नं. ४
खुलातर्फ ३ प्रतिनिधिका लागि ७, महिलातर्फ २ का लागि ५ र युवातर्फ १ का लागि ४ जनाले मनोनयन दर्ता गरे।
खुलातर्फ— बाबुराम कार्की, नरेन्द्र बस्नेत, मुकेश बुढाथोकी, विज्ञान चापागाई, महेशप्रसाद भट्टराई, धनराज राई (मिलन) र बासु बस्नेत।
महिलातर्फ— विमला दाहाल घिमिरे, तिर्था आचार्य, फुलथुंगा खतिवडा, लिलादेवी रिजाल र गुणावती धामी।
युवातर्फ— राम पोखरेल, निरञ्जन ढुंगाना, नवराज नेपाल (टुप्पी) र अर्जुन गिरी।
क्षेत्र नं. ५
खुलातर्फ ३ प्रतिनिधिका लागि ८, महिलातर्फ २ का लागि ४ र युवातर्फ १ का लागि २ जनाको उम्मेदवारी दर्ता भयो।
खुलातर्फ— सुरजकुमार राजवंशी, मनोज अग्रवाल, दिलिपकुमार बगडिया, विक्रम तिवारी, अजिम आलम, ज्ञानेश्वर राजवंशी, जयनरथ गिरी (कृष्ण) र डिल्लीराम घिमिरे।
महिलातर्फ— उषा झा, पुनम कोइराला, शान्ता डंगोल र कमला श्रेष्ठ।
युवातर्फ— मजहर आलम र हमिद आजाद।
क्षेत्र नं. ६
खुलातर्फ ४ प्रतिनिधिका लागि ११, महिलातर्फ २ का लागि ५ र युवातर्फ १ का लागि ७ जनाको उम्मेदवारी परेको छ।
खुलातर्फ— रमेशप्रसाद पोखरेल, पीतकुमार श्रेष्ठ, विनोदप्रसाद ढकाल, सत्यनारायण चौधरी, मिनकुमार आचार्य, मकरबहादुर बुढाथोकी, युवराज बराल, गिरिन्द्र कार्की, भोला बराल, ज्ञानेन्द्र ओझा र रोहित कोइराला।
महिलातर्फ— सरस्वती भण्डारी, सरस्वती खरेल, रिता न्यौपाने, चेतकुमारी बस्नेत र जानुका बडाल।
युवातर्फ— सन्तोष घिमिरे, प्रतिक ढकाल, प्रविण घिमिरे, नविन पहाडी, पूजा लम्साल थापा, सागर बराल र किरण लामा।
दलित क्षेत्र
खुलातर्फ २ प्रतिनिधिका लागि ७ जना र महिलातर्फ १ का लागि ३ जनाले उम्मेदवारी दिएका छन्।
खुलातर्फ— किशोर विश्वकर्मा, मंटुकुमार राम मोची, खेमराज नेपाली, डिल्ली विश्वकर्मा, किशनलाल सरदार, जितनारायण सरदार र टुनाकुमारी विक।
महिलातर्फ— रिन्कुदेवी परियार, गितादेवी शिवा र दुर्गा नेपाली।
मंसिर १३ गते प्रतिनिधि चयनको लागि निर्वाचन हुँदैछ। निर्वाचनको लागि उम्मेदवारी दर्ता सकिएको र मंसिर ११ गते अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
मोरङमा ४६ प्रतिनिधि चयनका लागि २३ हजार १७९ मतदाता रहेको एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले जानकारी दिएका छन्।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।