मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै मुख्यमन्त्रीलाई मुस्लिम समाजको ज्ञापन

मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै मुख्यमन्त्रीलाई मुस्लिम समाजको ज्ञापन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुस्लिम समाज मोरङ, विराटनगरले मदरसा शिक्षा बोर्ड गठन गर्न माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ। समाजका संयोजक साहेब अहमद (गुड्डु) नेतृत्वको टोलीले प्रदेशस्तरीय अधिकार सम्पन्न मदरसा शिक्षा बोर्ड गठन गर्न प्रदेश सरकारसँग माग गरेको हो।

ज्ञापनपत्रमा मोरङ, सुनसरी, उदयपुर, झापा, सप्तरीलगायत जिल्लामा करिब ३५० भन्दा बढी मदरसा तथा इस्लामी शिक्षण संस्थाहरू सञ्चालनमा रहेको उल्लेख गर्दै यी संस्थाले मुस्लिम बालबालिकालाई धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय पाठ्यक्रमअनुसार शिक्षा प्रदान गर्दै आएकोले आवश्यक संरचना, नीति तथा सरकारी समन्वयको अभावमा ती संस्थाहरूलाई काम गर्न गाह्रो भएकाले बोर्ड गठन गर्न आवश्यक भएको उल्लेख गरिएको छ।

समाजले संविधानले धार्मिक तथा सांस्कृतिक शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको र राष्ट्रिय शिक्षा नीति–२०७६ ले मदरस्सा शिक्षालाई मूलधारमा ल्याउने नीति प्रदेश सरकारले अघि सार्नुपर्ने उनीहरुले बताएका थिए । ज्ञापनपत्रमा विभिन्न पाँचवटा माग अगाडि सारिएको छ ।

ज्ञापन पत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मुस्लिम समुदायले राखेको माग आफूले गम्भीर रुपमा लिएको र त्यसलाई सम्बोधन गर्नका लागि प्रयास गर्ने बताए । उनले मुलुक बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक भएको चर्चा गर्दै प्रदेश सरकार सबै धर्म संस्कृतिको रक्षा गर्न प्रतिबद्ध भएको उल्लेख गरे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्