एमाले दोलखाका पूर्व जिल्ला सचिव भरत दुलाल नेकपामा प्रवेश

एमाले दोलखाका पूर्व जिल्ला सचिव भरत दुलाल नेकपामा प्रवेश

काठमाडौं । नेकपा एमाले दोलखाका प्रभावशाली नेता तथा पूर्व जिल्ला कमिटी सचिव भरत दुलाल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका दुलालले मंगलबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर औपचारिक रूपमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

प्रेस सेन्टरका उपाध्यक्ष लक्ष्मण खड्काका अनुसार दुलाललाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।
दुलाललाई पार्टी प्रवेश गराउने कार्यक्रममा माओवादी नेता विशाल खड्का, भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, तामाकोशी गाउँपालिकाका अध्यक्ष तथा एकीकृत समाजवादीका नेता प्रोणप्रताप केसी, भीम दाहाल लगायतको उपस्थिति रहेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्