५ हजार २ सय रुपैयाँले बढयो सुनको मूल्य

५ हजार २ सय रुपैयाँले बढयो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ५ हजार २ सय रुपैयाँ बढेको हो ।

सोमबार प्रतितोला २ लाख ४२ हजार ७०० रहेको प्रतितोला छापावाल सुन ५ हजार २ सय रुपैयाँ बढेर २ लाख ४७ हजार ९०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला ३ हजार ११५ रहेको चाँदीको मूल्य ८५ रुपैयाँ बढेर ३२ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्