विराटनगर । फागुन २१ का लागि घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचनको विरोध गर्दै आएको नेकपा एमाले अन्ततः निर्वाचनका लागि तयार भएको छ । निर्वाचन आयोगले निर्वाचनका लागि दल दर्ता गर्ने समय सकिनै लागेको बेला आज एमालेले आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ ।
दल दर्ताका लागि केही बेरमा एमाले नेताहरु निर्वाचन आयोग जाँदैछन् । एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिए ।
एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरे पनि प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको थिएन । प्रतिनिधि सभाको निर्वाचनका लागि बुधबारसम्म दल दर्ता गर्ने समय निर्वाचन आयोगले दिएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!