विराटनगर । प्रतिनिधि सभाका देवराज घिमिरेले संविधानतः संसद विघटन गर्ने र संसद बाहिरबाट प्रधानमन्त्री बनाउने ठाउँ नरहेको बताएका छन् ।
गत भदौ २३ र २४गते भएको आन्दोलनका क्रममा आगजनी भएको कोशी प्रदेशसभा भवनको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले वर्तमान राजनीतिक घटनाक्रम न्यायालयमा पुगेको उल्लेख गर्दै त्यहाँबाट सही निरूपण हुने र संसद पुनस्र्थापना हुने विश्वास व्यक्त गरे ।
घिमिरेले भने, ‘संविधानसम्मत संसद भङ्ग गर्ने गरीको ठाउँ छैन र संसदभन्दा बाहिरबाट प्रधानमन्त्री बनाउने पनि ठाउँ छैन । त्यसले गर्दाखेरि विषय न्यायमा गएको छ । हामी आशावादी छौँ, न्याय ठीक ढङ्गबाट हुँदाखेरि संसद पुनस्र्थापना भएर जान्छ ।’
एमालेकै भाषा किन बोल्नु भएको भन्ने प्रश्नमा उनले सत्य कुरा बोल्दा कसैसँग मिल्न गएमा आपत्ति मान्न नहुने जिकिर गरेका छन् । उनले भने, ‘कसको भाषा बोल्यो भन्ने कुरा होइन, के बोल्यो भन्ने मुख्य कुरा हो । सही कुरा बोल्दा त्यो कसैसँग मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ । कुरा मिल्दैमा आपत्ति हुनुपर्ने केही छैन । ’
सभामुख घिमिरेले कोशी प्रदेशसभामा भएको क्षतिको अवलोकन गर्दै घटना दुःखद भएको र यसको पुनर्निर्माण तथा सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । प्रतिनिधि सभा विगठन प्रति सभामुख घिमिरेले विरोध गर्दै आइरहेका छन् ।
एमालेको भाषा बोलेको भन्दै उनि माथि आरोप लाग्ने गरेको छ । एमालेले प्रतिनिधि सभा विगठन असबैधािन भन्न्े निर्णय गरेको छ । सभामुख घिमिरे एमाले पृष्ठभूमिका हुन् । सभामुख घिमिरेले प्रदेश सभा जानु अगाडी भने विराटनगरमा एमालेका कार्यकर्तासँग भेटघाट गरेका थिए ।
कोशी प्रदेशमा ‘जेनजी’ आन्दोलनका क्रममा सबैभन्दा ठूलो क्षति कोशी प्रदेशसभा सचिवालयले बेहोरेको छ । सचिवालयको मुख्य भवन पूर्ण रूपमा जलेर नष्ट भएको र प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेपछि हाल प्रदेशसभा सचिवालय कटहरी गाउँपालिकाको तरकारी बजारमा सारीएको छ । प्रदेशसभा सचिवालय रहेको जिल्ला समन्वय समितिको भवन र प्रदेशसभा भवन जेनजी आन्दोलनका क्रममा भएको आगजनीले पूर्ण रुपमा नष्ट भएको थियो ।
सचिवालयको भवन मर्मत गरेर पनि चलाउन नसक्ने अवस्था भएको र प्रदेशसभा भवन मर्मत गर्न समय लाग्ने भएकाले यसअघि प्रदेश सरकारकै स्वामित्वमा रहेको कृषि बजारमा प्रदेशसभा सारीएको हो । दुबै स्थानको सभामुख घिमिरेले अनुगमन गरेका छन् । आगजनी भएयता प्रदेशसभाको बैठक बस्न सकेको छैन । अगाजनि बाट भएको क्षति बारे कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले सभामुख घिमिरेलाई जानकारी गराएका थिए ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!