भोजपुर । भोजपुर कारागारमा रहेका कैदीबन्दीलाई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट कार्ड’ वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको टोलीले कारागारमा रहेका २२ पुरुष र दुई जना महिला गरी २४ जना कैदीबन्दीलाई सोमबार कार्ड प्रदान गरेको हो ।
कारागार प्रमुख केशव खनालले कारागारमा रहेका कैदीबन्दीहरुको अभिलेख राष्ट्रिय परिचयपत्रमा समावेश गरी ‘स्मार्ट कार्ड’ उपलब्ध गराइएको र यसले नागरिक सेवामा पहुँच बढाउने र प्रशासनिक काममा समेत सहज हुने बताए।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!