एनपीएलः आज काठमान्डु र लुम्बिनी भिड्दै

एनपीएलः आज काठमान्डु र लुम्बिनी भिड्दै

विराटनगर। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । अपरान्ह ४ बजे हुने खेलमा राष्ट्रिय टोलीका अलराउन्डर करण केसीको कप्तानीमा रहेको काठमान्डुले राष्ट्रिय टोलीकै कप्तान रोहित पौडेल कप्तान रहेको टोली लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछन् ।

आजको खेलमा दुवै टोलीले जितको खोजी गर्नेछन् । काठमान्डुले ३ खेल खेल्दा २ हार बेहोरिसकेको छ भने लुम्बिनीले २ खेलमा १ जित र १ हारको नतिजा निकालेको छ ।

पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमान्डुले त्यसयता जित निकाल्न सकेको छैन । लय गुमाउँदै गएको देखिएको छ । आजको खेल गुमाउँदा प्लेअपको सम्भावना सकिने जोखिमका कारण काठमान्डुका लागि खेल जित्नै पर्ने दबाब छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्