एनपिएल : सुदूरपश्चिमको जित, कर्णाली ४५ रनले पराजित

एनपिएल : सुदूरपश्चिमको जित, कर्णाली ४५ रनले पराजित

विराटनगर । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी एनपिएलको सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको छ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले एक्लैले ४ विकेट लिएपछि कर्णाली याक्स पराजित भएको हो । यो जितसँगै सुदूरपश्चिमले ४ अंक जोडेको छ ।

१४० रनको लक्ष्य पछ्याएको कर्णाली ५ बल बाँकी छँदै ९४ रनमा अलआउट भयो । कर्णालीका लागि पवन र्सारफले सर्वाधिक २७ र मार्क वाटले १७ रन बनाए । २९ रनमा ४ विकेट गुमाएको कर्णालीका लागि कप्तान सोमपाल कामी र पवन सर्राफले ३४ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।

तर लगातार विकेट जाँदा कर्णाली कमजोर देखियो । कर्णालीलाई अलआउट गर्न सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । हर्मीत सिंहले ४ ओभरमा १ मेडन राख्दै १९ रन मात्र खर्चेर २ विकेट लिए । अविनाश बोहराले पनि २ विकेट लिए । स्कट कुगेलेइनले किफायती बलिङ गर्दै ४ ओभरमा ९ रन मात्र दिएर १ विकेट लिए । हेमन्त धामीले १ विकेट लिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्