नेकपा र जसपा राजेन्द्र श्रेष्ठसमूहबीच मंसिर ११ गते एकता घोषणा हुने

नेकपा र जसपा राजेन्द्र श्रेष्ठसमूहबीच मंसिर ११ गते एकता घोषणा हुने

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी र जसपा राजेन्द्र श्रेष्ठ नेतृत्वको समूहबिच मङ्सिर ११ गते औपचारिक एकता हुने भएको छ । काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा नेकपा र सो समूहबिच एकता घोषणा हुने भएको हो ।

पूर्वनिर्धारित कार्यक्रम एक दिन पर सारिएको जसपाका नेता दुर्गा सुवेदीले जानकारी दिए । यसअघि एकता घोषणासभा मङ्सिर १० गतेका लागि तोकिएको थियो । देशभरका नेता एवं अगुवा कार्यकर्ताले आफूहरू पनि घोषणासभामा सहभागी हुन पाउनुपर्ने माग गरेपछि कार्यक्रम एकदिन पछि सारिएको सुवेदीले बताए ।

सुवेदीका अनुसार घोषणासभा राष्ट्रियसभा गृहमा दिनको १ बजे सुरु हुनेछ । एकता सभाको तयारीका लागि मङ्सिर १० गते सोह्रखुट्टेस्थित नेपाः राष्ट्रिय बैंकेटमा भेला आयोजना गरिएको छ। एकता समारोहमा नेपाली कम्युनिष्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ । आइतबार अशोक राई नेतृत्वको जसपाबाट श्रेष्ठलगायत ६ नेताहरू छुट्टिएर नेकपामा जाने घोषणा गरेका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्