देउवाको हस्ताक्षरबाट चुनाबमा नजाने गगनको घोषणा

देउवाको हस्ताक्षरबाट चुनाबमा नजाने गगनको घोषणा

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा निर्वाचनमा नजाने बताएका छन् ।

धेरै साथीहरूले पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने हो भनेर प्रश्न गरेको भन्दै थापाले त्यसो नभएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन गरेर नयाँ सभापतिको निर्वाचन गर्ने दावी गरेका छन् । ‘नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ’ उनले लेखेका छन्, ‘नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।’

निर्वाचन अगाडि नै महाधिवेशन गरौं भन्नुको कारण यहि भएको भन्दै थापाले अब विशेष महाधिवेशनको विकल्प नभएकोले अलमलमा नपर्न आह्वान गरेका छन् । काँग्रेसमा नियमित वा विषेश महाधिवेशनको माग थापाहरुले गर्दै आएकोमा हालै सम्पन्न केन्द्रीय समिति बैठकले त्यसबारे कुनै निर्णय नगरी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने निर्णय मात्र गरेको छ ।

काँग्रेसले निर्वाचनमा सभापति शेरबहादुर देउवाकै हस्ताक्षरमा टिकट वितरण हुने जानकारी निर्वाचन आयोगमा बुझाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्