विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् ।
शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबार पक्राउ गरेको जनाएको छ ।
चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!