एनपिएलमा आज दुई खेल, पहिलो खेल विराटनगर र जनकपुर बिचमा हुने

एनपिएलमा आज दुई खेल, पहिलो खेल विराटनगर र जनकपुर बिचमा हुने

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स बिच हुनेछ । आज विराटनगरले तेस्रो र जनकपुरले भने दोस्रो खेल खेल्दैछन् ।

उसले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले तथा दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गरेको थियो ।

जनकपुर बोल्ट्स पहिलो खेलमा काठमान्डु गोर्खाजसँग पराजित भएको थियो। जनकपुर अनिल साहको कप्तानीमा छ भने विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानीमा छ ।

कर्णाली र सुदूरपश्चिम दुवैले ‍तेस्रो खेल खेल्दैछन् । सुदूरपश्चिम अघिल्ला दुवै खेलमा विजयी भएको छ । उसले पहिलो खेलम काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गर्दा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले हराएको थियो ।

कर्णाली याक्सको कप्तानी सोमपाल कामीले र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्