कोशी प्रदेशको एक–दुई स्थानमा हिमपातको सम्भावना

कोशी प्रदेशको एक–दुई स्थानमा हिमपातको सम्भावना

विराटनगर । देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

विभागका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्