काठमाडौंमा एमालेको प्रदर्शन : प्रधानमन्त्रीलाई चुनाब गराउने अधिकार नभएको ओलीको दावी

काठमाडौंमा एमालेको प्रदर्शन : प्रधानमन्त्रीलाई चुनाब गराउने अधिकार नभएको ओलीको दावी

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश कमिटीको आयोजनामा शनिबार काठमाडौंको भृकुटीमण्डपमा ठूलो जनप्रदर्शन तथा जनसभा गरेको छ।

र्‍याली भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमै आएर सभा भएको थियो।

सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशील कार्की नेतृत्वको सरकार जनसमर्थनविहीन र अनधिकृत रहेको आरोप लगाए । उनले प्रधानमन्त्रीसँग निर्वाचन गराउने नै अधिकार नभएको दाबी गर्दै जनताले नछानेको सरकार पदबाट हट्नुपर्ने टिप्पणी गरे ।

ओलीले सरकार आन्दोलन, आगजनी, लुटपाट र उत्पातको आधारमा बनेको भएकाले लोकतान्त्रिक मान्यताअनुसार वैधता नराख्ने जिकिर गरे । असंवैधानिक ढङ्गले भङ्ग भएको प्रतिनिधि सभा अब पुनर्स्थापना हुनुपर्ने उनको भनाइ छ ।

प्रतिनिधि सभा पुनर्स्थापना बाहेक देशलाई अगाडि बढाउने अर्को विकल्प नभएको भन्दै ओलीले त्यसपछि सर्वदलीय सरकार गठन गरी संविधान संशोधनसहितको राजनीतिक समायोजन आवश्यक रहेको बताए । अन्य दलहरुले निर्वाचनको तयारीमा रहेको बेला एमालेले भने त्यसको विरोध गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्