काठमाडौँ । स्थानीय बजारमा आज शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा १,३०० ले घटेको छ भने चाँदीको मूल्यमा पनि ८५ को गिरावट आएको छ ।
यो गिरावटसँगै, आज छापावाल सुनको मूल्य प्रति तोला दुई लाख ४१ हजार ७०० निर्धारण गरिएको छ । बिहीबार, सुन प्रति तोला दुई लाख ४३ हजारमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य प्रति तोला तीन हजार १०० कायम भएको छ । हिजो भने तीन हजार १८५ थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा सामान्य कमी देखिएको छ । आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । बिहीबार यो मूल्य लगभग चार हजार ७५ अमेरिकी डलर प्रति औँस रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यको उतारचढावले नै स्थानीय बजारमा पनि प्रभाव पार्ने गरेको व्यवसायीहरु बताउँछन् ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!