धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–५, भैंसेमा शुक्रबार बिहान भएको हाइस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। काठमाडौंबाट संखुवासभाको खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी हाइस अनियन्त्रित भई सडकबाट करिब ६०(७० मिटर तल खसेको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएकी संखुवासभा, सभापोखरी गाउँपालिका–२ की ८२ वर्षीया सावित्रा कालाखेतीको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा बिहान ०८स्१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना बिहान करिब ०६ः१० बजे मध्यपहाडी लोकमार्गमा भएको थियो। घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय पाख्रिबासबाट प्रहरी नायब निरीक्षक नारायण प्रसाद भट्टराईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। घाइतेहरूलाई तत्कालै विभिन्न सवारी साधनमार्फत उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको थियो।
घाइतेहरुको नामावली र अवस्था :
घाइतेमध्ये चालक दिपेन्द्र बुढाथोकी र संखुवासभा खाँदबारी–७ का ५० वर्षीय रत्न बहादुर विकको अवस्था गम्भीर रहेको छ। उनीहरुको शरीरका विभिन्न भागमा चोट लागेको र जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ।
अन्य घाइतेहरुमा प्रहरी जवान सुजता गिरी, सगिता राई, नरेन्द्र राई, लमु शेर्पा, निर्जला राई, बिनिता राई, जेसन राई, सन्त बहादुर तामाङ, र पासाङ शेर्पा रहेका छन्। उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ।
प्रहरी जवान :सुजता गिरी धनकुटा महालक्ष्मी नगरपालिका ः ३ निवासी, मेरुदण्डमा चोट लागेको।ृ
सगिता राई : ३० वर्षीया, संखुवासभा सिलिचुङ–३ निवासी, अवस्था सामान्य।
नरेन्द्र राई : ३९ वर्षीय, संखुवासभा सिलिचुङ–३ निवासी, अवस्था सामान्य।
लमु शेर्पा : २४ वर्षीया, संखुवासभा पाँचखपन(९ निवासी, टाउकोमा चोट, अवस्था मध्यम।
निर्जला राई : ४४ वर्षीया, उदयपुर लिम्चुङबुङ(१ निवासी, दाहिने खुट्टामा चोट, अवस्था मध्यम।
बिनिता राई : ११ वर्षीया, उदयपुर लिम्चुङबुङ(१ निवासी, टाउकोमा चोट, अवस्था मध्यम।
जेसन राई : १४ वर्षीय, उदयपुर लिम्चुङबुङ(१ निवासी, अवस्था सामान्य।
सन्त बहादुर तामाङ : १९ वर्षीय, सिन्धुली निवासी, दाहिने खुट्टामा चोट, अवस्था मध्यम।
पासाङ शेर्पा : ३२ वर्षीय, भोजपुर साप्लासिलिचुङ–५ निवासी, टाउकोमा चोट, अवस्था मध्यम।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!