सहकारी ठगीमा पक्राउ परेका एमालेका पूर्वसांसद सरकारी वकिलको आदेशमा रिहा

सहकारी ठगीमा पक्राउ परेका एमालेका पूर्वसांसद सरकारी वकिलको आदेशमा रिहा

विराटनगर। सहकारी ठगीमा पक्राउ परेका नेकपा एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचन सरकारी वकिलको कार्यालयको निर्णय अनुसार प्रहरीले रिहा गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका भट्टचनलाई हिरासतमा नराखी अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले निर्देशन दिएपछि उनी थुनामुक्त भएका हुन् ।

सीआईबी एसपी निरन्जनदत्त भट्टका अनुसार सरकारी वकिलको आदेश अनुसार उनलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्नुपर्ने भएको छ । हिरासतमा नराखी अनुसन्धान गर्नु भन्ने सरकारी वकिलको आदेशपछि भट्टचन थुनामुक्त भएको सिआइबीले जनाएको छ ।

भट्टचन ११ कात्तिकमा ललितपुरबाट पक्राउ परेका थिए । उनीमाथि सीआईबीले सहकारी ठगीमा अनुसन्धान अघि बढाएको थियो । ठाकुरप्रसाद मानन्धरले उनीलगायतविरुद्ध जाहेरी दिएका थिए ।

उनीविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै एक वर्षअघि नै जाहेरी दिएकी थिइन्। जुन लामो समयसम्म जिल्ला प्रहरी परिसर, काठमाडौंमा अलपत्र परेको थियो। विगतमा प्रहरी कार्यालयहरूले जाहेरी लिन नमानेपछि लामाले सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गराएकी थिइन्।

२०८१ असोजमा सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि प्रहरीमा जाहेरी पठाएपनि भट्टचन सत्तारुढ दलका पूर्वसांसद रहेको कारण उनीमाथि अनुसन्धान अघि बढ्न सकेको थिएन। नयाँ सरकार गठन भएसँगै सिआईबीले नियन्त्रणमा लिएर उनीमाथि अनुसन्धान थालेकोमा सरकारी वकिलको कार्यालयको निर्देशनपछि थुनामुक्त भएका हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्