विर्तामोड । झापाको झापा गाउँपालिका–६, शरणामतीमा ट्र्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय सुनिल सोरेन रहेका छन्। प्रहरीका अनुसार सोरेनले मे १ त ३३१६ नम्बरको ट्र्याक्टर आफ्नै साहुको घरबाट निकाल्ने क्रममा ट्र्याक्टर अचानक पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका सोरेनको दुवै खुट्टा र टाउकोमा चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!