एमाले केन्द्रीय सदस्य प्रकाश शाह नेकपा प्रवेश गर्दै

एमाले केन्द्रीय सदस्य प्रकाश शाह नेकपा प्रवेश गर्दै

विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् । एमाले अध्यक्ष ओलीको नेतृत्वको पार्टीमा स्वच्छाचारिता र जवाफदेहीताको कमी भएको भन्दै उनी नेकपा प्रवेश गर्न लागेका हुन्।

ओलीका पछिल्ला अभिव्यक्ति र क्रियाकलापहरु देशलाई थप संकटतर्फ धकेल्ने खालका रहेको निश्कर्षसहित उनी नेकपामा प्रवेश गर्न लागेका हुन् । बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपासँग समायोजन हुँदैछ । केन्द्रीय सदस्य शाहले त्यही कार्यक्रममा नेकपा प्रवेश गर्ने तयारी गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एघारौं महाधिवेशनमा कुनै छलफल नै नहुने र आफ्नो निर्देशनात्मक मन्तव्यपछि महाधिवेशन समापन हुने’ भनि दिएको मन्तव्यले अध्यक्ष ओली ‘जबजको चीरहरण’ गर्ने मनसाय राखेर अघि बढेको शाहको प्रतिक्रिया दिए ।

पहिलो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित भई सुदूरपश्चिम प्रदेशसभा सदस्य, एमाले संसदीय दलको नेता, करिब चार वर्षको अवधि आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला मन्त्री रहेका शाह एमालेमा लगातार दुई पटक केन्द्रीय समितिमा निर्वाचित नेता हुन् । उनी एमाले निकट अनेरास्ववियुको बाजुरा अध्यक्ष हुँदै एमाले जिल्ला कमिटी अध्यक्षसमेत भएका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्