मनमोहनका विद्यार्थीले बनाए स्मार्ट हार्वेस्ट मेसिन

मनमोहनका विद्यार्थीले बनाए स्मार्ट हार्वेस्ट मेसिन

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषी कार्यका लागि एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ उपकरण बनाएका छन् ।

मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीन बर्षे डिप्लोमा तर्फ अध्यनरत अन्तिम बर्षका विद्यार्थीहरुले कृषी कार्य गर्दा धानकाटने, दाई गर्ने, मल, पानी, छर्ने, जोत्ने आदि काम एकै मेसिनबाट गर्नसक्ने स्मार्ट फार्मिङ उपकरण बनाएका हुन ।

आइतवार मनोमोहन पोलिटेक्निकका ईलेक्ट्रिक ईन्जिनियरिङतर्फका विद्यार्थीहरुको समुहले बनाएको उक्त्त स्मार्ट फार्मिङ मेसिनको रिमोटबाटै डेमो चलाएर प्रर्दशन समेत गरे ।

यसैगरि मनमोहनकै ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोक्स ईन्जिनियरिङतर्फका विद्यार्थीहरुले स्मार्ट सिटीका लागि सोलारबाट चल्ने पोडवे पनि निर्माण गरेका छन । उनीहरुले पनि आइतवार उक्त्त सोलार पोडवेको प्रर्दशनमा डेमा सञ्चालन गरेर प्रर्दशन गरे । सोही समुहका विद्यार्थीले बिषादी छर्ने मेसिन पनि बनाएका छन ।

आइतवार नै सिभिलतर्फका विद्यार्थीहरुले भुकम्प्प रहित पुरानो मोडलको घर, आधुनिक धर्मशाला, मिल्टप्रोपोज कम्पेलेक्स र व्यपारिक मल आदिका ७ वटा डेमो प्रर्दशन गरेका थिए । आईटी विभागका विद्यार्थीहरुले अनुहारदेखीने ईहाजिरी सिस्टम, स्मार्ट अलर्ट सिस्टम, स्मार्ट रोवोट र ताला लगायत ६ प्रकारका सिस्टम प्रर्दशन गरेका थिए ।

मेकानिकलतर्फका विद्यार्थीहरुले घुमफिर गर्ने होचो अनलोड वोगी (कार), अटोमेटिक वासिङ मेसिन र अटोमटिक राईस प्लान्टर आदि उपकरणहरुको डेमो प्रर्दशन गरेका थिए । मनमोहन पोलिटेक्निकका तीन बर्षे डिप्लोममा पास आउट भएर जाने विद्यार्थीहरुले हरेक बर्ष आफुले बनाएका विभिन्न उपकरणहरु प्रर्दशन गर्दै आएका छन । तर विद्यार्थीहरुले बनाएका उपकरणहरुको व्यवसायिक प्रयोजनामा निजी र सरकारी क्षेत्रबाट चासो नहुँदा सबै गोदाममा थन्किएर बस्नेगरेको पोलिटेक्निकका प्राचार्य सुदिप अधिकारीले बताए ।

विद्यार्थीहरुले बनाएको उपकरणहरु अवलोकन गर्न विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेल, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, कार्यकारी महानिर्देशक चुडामणी भट्टराई, कृषी उद्यममा सक्रृय उद्योगी सोमप्रसाद अधिकारीदेखि ईन्जिनिरिङ क्याम्पस धरानका कमप्युटर विभाग प्रमुख मनोज गुराई, प्रदेश सरकार समाजिक विकास मन्त्रालयका कर्मचारी र बुढीगंगा गाउँपालिका जनप्रतिनिधिदेखि संविधानसभा सदस्इ र संरक्षण अधिकृतहरु पनि पुगेका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्