रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेताहरू एमालेमा फिर्ता

रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेताहरू एमालेमा फिर्ता

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मानिएका रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) आफ्नो पुरानो पार्टी नेकपा (एमाले) मै फर्किएका छन् । २०७८ सालमा एमाले विभाजन हुँदा एकीकृत समाजवादीमा लागेका उनीहरू, सोमबार एमालेले आयोजना गरेको विशेष कार्यक्रममार्फत पुनः एमालेमै समाहित भएका हुन् ।

काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ नामक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरे । कार्यक्रममा अध्यक्ष ओलीले झाँक्री र श्रेष्ठलाई एमालेको चुनाव चिह्न ‘सूर्य’ प्रदान गरे भने उनीहरूले एकीकृत समाजवादीको चुनाव चिह्न ‘कलम’ ओलीलाई हस्तान्तरण गरे ।

गत कात्तिक १९ गते एकीकृत समाजवादी, माओवादी केन्द्र लगायतका दलहरूबीच एकता भई ‘नेपाली कम्युनिस्ट पार्टी’गठन भएपछि उनीहरु एमालेमा फर्केका हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्