ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा एमालेका यादव नियुक्त

ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा एमालेका यादव नियुक्त

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीले गरेकी संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकि हुन् ।

मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै आज बिहानै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन् । मुख्यमन्त्री सोनलले उनलाई स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरेका थिए ।

त्यसक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सोनलले प्रदेश प्रमुख भण्डारी स्वस्थ भएपछि थप राजनीतिक प्रक्रिया अघि बढ्ने बताएका थिए । ‘उहाँको छिट्टै स्वास्थ्य लाभ होस्, त्यसपछि राजनीतिक प्रक्रिया अघि बढ्छ,’ मुख्यमन्त्री सोनलले भनेका थिए ।

तर लगत्तै प्रदेश प्रमुख भण्डारीले एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक भएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्