विराटनगर । विराटनगरको रानी नाका तीन दिनका लागि बन्दभएको छ । भारतको बिहार विधानसभा – २०२५ को दोस्रो चरणको निर्वाचनका लागि शनिबार बेलुकाबाट ७२ घण्टाका लागि नाका बन्द भएको हो ।
मंगलबारको मतदान पछि मात्रै नाका खुल्नेछ ।
‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न भारतीय समकक्षीसँगको छलफलमा मतदानको दिनको ७२ घण्टा पूर्व नेपाल– भारत सीमा सील गर्ने भनी सहमति भएकोले सोही बमोजिम बिहार विधानसभा आमनिर्वाचनलाई मध्यनजर राखी मतदानको दिन मिति २०८२। ०७ ।२५ को ७२ घण्टा पूर्व अर्थात् मिति २०८२।०७।२२ गते नेपाली समयानुसार बेलुकी ६ः१५ बजेदेखी मतदान समाप्त नभएसम्मका लागि सीमा नाका बन्द गरिएको छ ।’ मोरङ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!