काठमाडौं । बहुमतसहित नेकपा एकीकृत समाजवादीले अन्य पार्टीहरुसँग एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट रहेका महासचिव घनश्याम भूसालपक्षले पार्टी पुनर्गठन गरेका छन् । भूसाल पक्षीय समूहको भेलाले पार्टी पुनर्गठन गर्ने निर्णय गर्दै भूसाललाई संयोजक बनाएको छ ।
शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको बताइएको छ । सो बैठकले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
भूसालले गत शुक्रबार नेकपा माओवादी केन्द्रका तत्कालीन नेता जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग सहकार्य गर्ने सहमति जनाएका थिए ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!