बिराटनगर नजिकै बर्जुबाट अढाई क्विन्टल गाँजा बरामद

बिराटनगर नजिकै बर्जुबाट अढाई क्विन्टल गाँजा बरामद

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका ५ स्थित भित्री सडक खण्डबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ ।

बागमती प्रदेश–०१–०२७ च ०२४० नम्बरको सेतो स्कार्पियोमा राखेर ओसार पसार भइरहेको गाँजा शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

लागुऔषध ओसारपसार भइरहेको भन्ने जानकारीपछि प्रहरीले स्कारपियो गाडीलाई पछ्याएको थियो । प्रहरीले पिछा गरेको थाहा पाएपछि चालक स्कार्पियो छाडेर फरार भएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीले स्कार्पियोको चेकजाँच गर्दा कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा ११ पोका गाँजा फेला परेको थियो । बरामद गाँजाको तौल २५७.४५ केजी ४५० ग्राम रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा र स्कार्पियो सवारीसहित इलाका प्रहरी कार्यालय दुहवीमा राखी थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ । फरार चालकको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्