पूर्व मन्त्री अफताव आलमको मृत्यु

पूर्व मन्त्री अफताव आलमको मृत्यु

काठमाडौं । बम विष्फोटमा परेर घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा मुद्दा खेपेर अदालतबाट सफाइ पाएका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ । एक महिनादेखि काठमाडौं मेडिकल कलेजमा भर्ना भएका आलमको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो ।

उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई दसैंअघि देखि भर्ना गरिएको थियो । पछिल्लो एक सातादेखि आलमको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचारकै क्रममा आज निधन भएको हो ।

आलमलाई डेढ महिना अघि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार आए पछि घर ल्याएको भएपनि फेरि स्वास्थ्यमा समस्या देखिएपछि केएमसीमा भर्ना गरिएको थियो ।

गएको जेठ १४ गते उनी नख्खु कारागारबाट छुटेका थिए । त्यसको केही दिनपछि उनलाई मस्तिष्कघात भएको थियो । त्यस लगतै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । एक साता बढी आईसीयूमा राखेर उपचारपछि डिस्चार्ज भएका आलमलाई दसैंअघि थप उपचारको लागि भारत लगेर पुनः नेपाल ल्याइएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्