गछिया खोलाको ठेक्कामा सवा करोड लुट, कर अधिकृत र व्यवसायी फन्दामा

गछिया खोलाको ठेक्कामा सवा करोड लुट, कर अधिकृत र व्यवसायी फन्दामा

विराटनगर । अख्तियारले आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध १ करोड २३ लाख ६९ हजार ६४९ रूपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।

घटनाको जड आर्थिक वर्ष २०७६ –७७ मा मोरङको सुन्दरहरैचा नगरपालिका र स्वामिनारायण निर्माण सेवा प्रालिबीच भएको एउटा ठेक्का सम्झौतासँग जोडिएको छ। नगरपालिकाले गछिया खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्ने ठेक्का उक्त निर्माण कम्पनीलाई दिएको थियो। सम्झौता अनुसार, कम्पनीले उत्खननबापत उठेको रकममा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) राज्यको ढुकुटी, अर्थात् आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने थियो।
तर, कम्पनीले त्यो रकम दाखिला गरेन। अख्तियारको अभियोगपत्र अनुसार, व्यवसायी बस्नेतले राजस्व छल्ने मनसायले कर अधिकृत आलेसँग मिलेमतो गरे। कर अधिकृत आलेले आफ्नो पदीय दायित्व बिर्सिएर

व्यवसायीसँगको साँठगाँठमा राज्यलाई तिर्नुपर्ने करोडौं रकम नतिराइकन उन्मुक्ति दिने प्रयास गरे। राजस्व संकलन गरेर राष्ट्रिय ढुकुटी बलियो बनाउनुपर्ने एक कर्मचारी, व्यवसायीसँग मिलेर त्यसैलाई खोक्रो बनाउने आपराधिक कर्ममा संलग्न भएको अख्तियारको दाबी छ।

.

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्